झापा, फागुन १२ । जंगली हात्तीको आक्रमणबाट घाइते भएकी झापा बाह्रदशीकी महिलाको मृत्यु भएको छ ।

गएराति १ बजे बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा बाह्रदशी १बोक्राझारी बस्ने ५० वर्षीया लिला राजवंशीको मृत्यु भएको हो ।
फागुन ७ गते बिहान ५;४५ बजे बाह्रदशी १बोक्राझारी बस्ने लखनलाल राजवंशीकी श्रीमती लिलाले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई उनलाई अचानक आक्रमण गरेको थियो । लिलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पुर्याइ गम्भीर घाइते बनाएको बनाएको थियो ।



