झापा, फागुन १२ । हिजो झापाको सुरुङ्गा र माईधारमा एमाले–एमाले समर्थकबीच झडप भएको नेपाली कांग्रेसले दावी गरेको छ ।

आफ्‌नो पार्टी र एमालेका समर्थकहरुबीच झडप नभएको कांग्रेसका एक नेताले बताए । एक वर्षअगाडि युवा संघको अधिवेशनका बेला उत्पन्न आन्तरिक विवादलाई लिएर निर्वाचनको मुखमा झडप भएको उनको भनाई छ । युवाहरुको दुईवटा समूहबीचको विवादले हिजो दिउँसो सुरुङ्गा र साँझ माईधारमा तनाव भएको थियो । साँझ माईधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

यसअघि झापा गाउँपालिका वडा नं ६ शरणामतीमा एमालेको झण्डा जलाएको विषयमा सो विवाद भएको प्रहरीले बताएको थियो ।

दिउँसो १.२० बजे सुरुङ्गाको युनिक क्याफेमा हात हालाहाल भएको थियो भने साँझ माईधारमा पनि त्यस्तै तनाव भएको थियो । आपसी मनमुटावका कारण विवाद हुँदा हिजो दिनभर सुरुङ्गा अशान्त बनेको थियो । सो विषयमा आज छलफल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्