झापा, फागुन १२ । सर्वोच्च अदालतले आदेश दिएपनि बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईं आज रिहा हुन पाएनन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू डा. मनोकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।सर्वोच्च अदालतमार्फत प्रसाई आज साँझ रिहा हुने आदेश भएता पनि भोली बिहान ११ः३० सम्मका लागि प्रहरी परिसरले रोकेको नागरिक बचाउ पार्टीका अध्यक्ष माधव कल्पितले बताए ।

प्रहरीले यसअघि पनि प्रसाईंलाई पटक पटक पक्राउ गर्दै आएको छ। राजनीतिमा लागेयता उनी सात पटक पक्राउ परिसकेका छन् । उनी करिव ७ महिना हिरासतमा बसेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्