झापा,फागुन १३ । नेपालमा निर्वाचन हुनै लाग्दा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपालसँग सीमा जोडिएको बिहारको सीमावर्ती क्षेत्रको भ्रमण गर्न लागेका छन् ।

उनी बिहारमा तीन दिनसम्म बस्ने भएका छन् । उनको यो भ्रमण भारतको आन्तरिक सुरक्षाको दृष्टिकोणले सामान्य भ्रमणभन्दा महत्वपूर्ण मानिएको छ । आजदेखि सुरु हुने यस भ्रमणमा गृहमन्त्री शाहले भारत, नेपाल र बंगलादेशको सीमा क्षेत्रमा भइरहेको घुसपैठ र सुरक्षा व्यवस्थाको नजिकबाट अध्ययन गर्नेछन् ।

यस्तो छ गृहमन्त्री शाहको पूरा कार्यक्रम
केन्द्रीय गृहमन्त्री अमित शाह आज अपराह्न ४ बजे पूर्णिया पुग्नेछन् र त्यहाँबाट हेलिकप्टरबाट किशनगञ्ज प्रस्थान गर्नेछन् । किशनगञ्जमा उनले कलेक्टरको कार्यालयमा दुई घण्टा समीक्षा बैठक गर्नेछन् । आज राति त्यहाँ आराम गर्नेछन्। भोलिपल्ट अर्थात फागुन २६ गते उनी अररिया जानेछन । जहाँ बिहान ११ बजे उनले नेपाल सीमामा रहेको लेती नाका चौकीको उद्घाटन गर्नेछन् । त्यसपछि अररियामा नै सीमावर्ती जिल्लाका डीएम र एसपीसँग भारत–नेपाल सीमाका विषयमा छलफल हुनेछ । उनी २६ गते राति पूर्णियामा बस्नेछन् । २७ फागुनमा अधिकारीहरूसँग फेरि भेटेर दिल्ली फर्कनेछन् ।

चुनौती सामना गर्ने तयारी
गृहमन्त्री शाहले भ्रमण गर्ने क्षेत्र नेपाल र बंगलादेशको सिमाना नजिक रहेको र चिकेन नेक नजिक भएकाले यो क्षेत्र निकै संवेदनशील छ । गृहमन्त्रीको मुख्य ध्यान यहाँको बदलिँदो जनसांख्यिकी र घुसपैठमा केन्द्रित हुने छ । गुप्तचर निकायको प्रतिवेदनअनुसार सीमा क्षेत्रमा बढ्दो कट्टरपन्थी मुलुकको सुरक्षाका लागि चुनौती बन्न सक्छ । यो भ्रमणका क्रममा शाहले सात जिल्लाका कप्तानसँग प्रत्यक्ष संवाद गर्दै घुसपैठको वर्तमान अवस्था र त्यसलाई रोक्नको लागि आगामी रणनीतिका बारेमा ठोस कदम चाल्न सक्नेछन् ।

कडा सुरक्षा व्यवस्था
गृहमन्त्रीको भ्रमणलाई लिएर किशनगञ्ज र पूर्णिया प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएका छन् । डीएम र एसपी आफैंले कार्यक्रम स्थलको अवलोकन गरेका छन् । विमानस्थलदेखि सभास्थलसम्म प्रत्येक १०० मिटरमा प्रहरी परिचालन गरिने छ । यो भ्रमणपछि सीमा क्षेत्रमा अर्धसैनिक बलको तैनाथी र अनुगमनको तरिकामा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्