झापा, फागुन १५ । होलीका लागि बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका बालेन अंकित २६२ वटा टि–सर्ट प्रहरीले जफत गरेको छ ।

बिर्तामोड , मेचीनगर , दमक र बुद्धशान्ति क्षेत्रका पसलबाट ती टि–सर्ट बरामद गरी जफत गरिएका हुन् । हिजो दिउँसो बिर्तामोडबाट सबैभन्दा बढी १५५ वटा टि–सर्ट बरामद भएको थियो ।

दिउँसो ३;१५बजे बिर्तामोड ५कृषिथोक चोक छेउबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा खटिएको टोलीले होलीलाई लक्षित गरी राखिएको“अब कि बार, बालेन सरकार”, “यसपालिको होली बालेनसँग”लेखिएको टि–सर्टहरु ८७ थान जफत गरेको थियो । सोनु चौधरीले संचालन गरेको सनाया कलेक्सनबाट २८थान,गुण्डु साहले संचालन गरेको दुर्गा इन्टरप्राईजेजबाट १४थान,पुजा साहले संचालन गरेको निकिता भेराइटिजबाट ४१थान,बिनोद साहले संचालन गरेको मामा कलेक्सनबाट ४थान टिसर्ट बरामद भएको थियो ।

त्यसपछि दिउँसो ४.३० बजे प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको कमाण्डमा खटिएको टोलीले बिर्ताबजार हाटका ५वटा पसलबाट ६८थान टि–सर्ट बरामद गरेको थियो । बिर्तामोड ५बस्ने अरुण साहको पसलबाट ५७ थान , बिर्तामोड ३बस्ने गणेश दत्तको पसलबाट ४ थान , सोही ठाउँ बस्ने अभि दत्तको पसलबाट २ थान ,रंजित महतोको पसलबाट ४थान र रणकुमार साहको पसलबाट १थान टि–सर्ट बरामद भएको हो ।

त्यस्तै मेचीनगर ६काँकरभिट्टास्थित बजार क्षेत्रमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी निरीक्षक बीरेन्द्र कोईरालाको टोलीले ४३ थान टि–सर्ट बरामद गरेको छ । मेचीनगर ६स्थित खनाल स्टोर्सबाट ३३ थान , मेचीनगर ६स्थित छिरीङ स्टोरबाट १० थान , मेचीनगर ६ स्थित मंगल स्टोरबाट ४ थान टि–सर्ट बरामद भएको हो ।

त्यस्तै मेचीनगर –१० धुलाबारी बजारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा खटिएको टोलीले १७थान टि–सर्ट जफत गरेको छ ।

त्यस्तै दमक १ नगरपालिका छेउबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सन्तोषकुमार साहले संचालन गरेको सन्तोष रेडिमेड पसलबाट २० थान र दमक ६स्थित पूर्णप्रसाद भण्डारीले संचालन गरेको कृष्ण भेराईटीबाट एक थान गरी २१ थान टि–सर्ट जफत गरेको छ ।

त्यस्तै बुद्धशान्ति वडा न.–३ बुधबारे बजारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको टोलीले २६ थान टि–सर्ट बरामद गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्