झापा, फागुन १५ । होलीका लागि बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका बालेन अंकित ६१ वटा टिसर्ट आज पनि झापामा बरामद भएको छ ।

हिजो २६२ वटा बरामद गरिएकोमा आज थप ६१ वटा टि–सर्ट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज दमक क्षेत्रबाट ६१ वटा टि–सर्ट बरामद गरिएको सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्