झापा, फागुन १६ । हर्कलाल मार्गमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति ९ः२० बजे बिर्तामोड ४ कञ्चनजंघा स्कुल छेउस्थित हर्कलाल मार्गमा बिर्तामोडबाट दक्षिणतर्फ जाँदै गरेको बागमति प्रदेश–०१–०२५च ६०५० न. को कार र बिपरित दिशाबाट आउँदै गरेको प्र१–०१–०१६प ३९५९ न. को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर १३ चारआली बस्ने बर्ष २५ का बिशाल पौडेललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मोटरसाइकल पछाडी सवार कनकाई ६ बस्ने बर्ष २५ का चन्द्र किशोर चापागाईको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
कार चालक बिर्तामोड नगरपालिका ६ बस्ने बर्ष २५ का चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



