एजेन्सी । तेलुगु फिल्म स्टार विजय देवरकोंडा र रश्मिका मंदानाले २६ फेब्रुअरीमा राजस्थानको उदयपुरमा विवाह गरेका छन्।

दुवैले आफ्नो विवाहका तस्बिरहरू इन्स्टाग्राममार्फत आफ्ना प्रशंसकसँग शेयर गरेका छन्।
तर सामाजिक सञ्जालमा उनीहरूको विवाहमा केवल सेलिब्रिटी चर्चा मात्रै नभई, विवाह कुन कोडवा परम्पराअनुसार भएको हो भन्ने विषयमा पनि ठूलो बहस चलिरहेको छ। रश्मिका कर्नाटकको कोडागु जिल्ला (कुर्ग) को विराज पेटाकी बासिन्दा हुन् । उनले आफ्नो पढाइ पनि कुर्गमै गरेकी थिइन्।
मिडिया रिपोर्टअनुसार, यी दुवैको विवाह सामान्य हिन्दू रीतिरिवाज अनुसार साथै कोडवा परम्पराअनुसार पनि सम्पन्न भएको हो।
यसै कारणले अहिले कोडवा विवाहलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा चलिरहेको छ।



