झापा,फागुन १७ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज झापाकेन्द्रित चुनावी अभियान ‘रोड शो’ सञ्चालन गर्ने भएको छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाको ४ वटा निर्वाचन क्षेत्रलक्षित निर्वाचन कार्यक्रम गरिने भएको हो । झापाको क्षेत्र नं १, २, ३ र ४ मा आज रोड शो गरिने भएको छ। बिहान ९ बजेतिर चन्द्रगढी विमानस्थलमा अवतरण गरी बालेन शाह काँकडभिट्टा जाने छन् । त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुङा बजार हुँदै दमक पुग्ने छन् ।

रास्वपाले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै हिजो काठमाडौं उपत्यकामा रोड शो गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्