झापा, फागुन १७ । अमेरिका–इजरायली आक्रमणमा ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएको पुष्टि भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीपछि इरानी सरकारी मिडियाले यसको पुष्टि गरेका छन् ।खामेनेईको मृत्युपछि इरानमा ४० दिनसम्म शोक मनाइने भएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा एक पोस्ट गर्दै खामेनेई मारिएको बताएका थिए । उनले लेखेका छन्, ‘इतिहासको सबैभन्दा क्रुर व्यक्तिमध्ये एक खामेनेई मारिएका छन् । यो केवल इरानी जनताका लागि मात्रै नभइ विश्ववका ती देशका नागरिकका साथ पनि न्याय भएको छ । जसलाई खामेनेही र उनका हत्यारा गिरोहले मारेका थिए ।’

अमेरिका–इजरायलले शनिबार इरानको राजधानी तेहरानमा आक्रमण सुरु गरेका थिए ।

यस्तै इजरायली एयरफोर्सले आईएएफका फाटर जेट्सले इरानी सेनालाई लक्षित गर्दै सटिक आक्रमण गरेको र त्यसमा इरानी डिफेन्स नेतृत्वका सात जना वरिष्ठ अधिकारी मारिएको बताएको छ ।

मारिनेहरुमा अली शमखानी, मोहम्मद पाकपुर, सालेह असादी, मोहम्मद शिराजी, अजीज नसीरजादेह, हुसैन जबल अमेलियन, रेजा मोजाफरी–नीया रहेको इजरायली सेनाले जनाएको छ । यता निर्वाशित पूर्व युवराज रेजा पहलवीले शनिबार इरानी जनतालाई एकजुट हुन अपील गरेका छन् । खामेनेई मारिएको ट्रम्पको दाबीपछि उनले ‘एक स्वतन्त्र र खुसीयुक्त भविष्यका लागि एक स्थिर परिवर्तन’को समर्थन गर्न अपिल गरेका हुन् । उनले सरकारका तर्फबाट उत्तराधिकारी नियुक्त गर्ने कुनै पनि कोशिस असफल पार्नुपर्ने बताएका छन् ।

अहिलेसम्म २ सयभन्दा बढीको ज्यान गइसकेको छ । छात्राहरुको विद्यालयमा गरिएको हवाई हमलामा कम्तीमा १०८ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्