झापा, फागुन १८ । होलीका लागि बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका बालेन अंकित ३३८ वटा टि–सर्ट प्रहरीले जफत गरेको छ ।


बिर्तामोड , मेचीनगर , दमक र बुद्धशान्ति क्षेत्रका पसलबाट ती टि–सर्ट बरामद गरी जफत गरिएका हुन् । फागुन १४ गते २६६ वटा , १५ गते ७० वटा र १६ गते २ वटा टि–सर्ट जफत गरिएको प्रहरीले जनाएको छ ।

खासगरी रास्वपाका नेता बालेन शाह र एमाले नेता केपी ओली अंकित टि–सर्ट छापेर बिक्रीका लागि राखिएको थियो । ओली अंकित टि–सर्ट लुकाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्