झापा, फागुन १९ । झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जना पक्राउ परेका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला तथा हिडडुल गर्नेहरुलाई दमक प्रहरीले पक्राउ गरेको हो । गएराति ९.ः४५बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक किशोर लम्साल कमाण्डको प्रहरी टोलीले दमक नगरपालिकाका विभिन्न स्थानमा गस्ती गरेको थियो ।
त्यसक्रममा पक्राउ पर्नेहरुमा दमक–५बस्ने बर्ष२२का अनिस रसाईली , सोही ठाउँ बस्ने बर्ष१९ का विवेक खड्का,बर्ष२९का जोन बिश्वकर्मा,कमल–५बस्ने बर्ष५३का अशोक मुखिया , सोही ठाउँ बस्ने बर्ष३९का हर्क राई, बर्ष६६का डम्बर राई ,गौरादह –२बस्ने बर्ष४५का उद्धवराज ताजपुरिया ,इलाम चुलाचुली –४बस्ने बर्ष३७की सानी भन्ने छवि लिम्बू ,दमक–४बस्ने बर्ष४०की सावित्रा लिम्बू र दमक–६बस्ने बर्ष ३७का अख्तर खान रहेका छन् ।



