झापा,फागुन १९ । मौन अवधिमा निर्वाचन आचारसंहिताविपरित मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने ३० जनालाई दमक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा एक महिला र २९ जना पुरुष रहेका छन् । होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने , भाङ बिक्री गर्ने र उच्छृंखल गतिविधि गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै ट्राफिक नियमविपरित ३ जना चढेका , हेल्मेट नलगाएका , मोडिफाई गरेका २४ वटा मोटरसाइकललाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका मानिस र सवारी साधनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । गएराति पनि दमक प्रहरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जनालाई पक्राउ गरेको थियो ।
यता होलीमा ट्राफिक नियम उल्लंघन गर्दै चलाउने १३ वटा मोटरसाइकललाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।



