झापा, फागुन २० । निर्वाचनमा त्रास उत्पन्न गराउने उद्धेश्यले ताप्लेजुङमा फेरि शंकास्पद बस्तु फेला परेको छ ।

आज बिहान ६ः४५ बजे ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ पंचमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडकखण्डमा शंकास्पद बस्तु फेला परेको हो । कालो टेपले बेरेको बस्तु फेला परेपछि सुरक्षाकर्मीको टोलीले त्यस स्थानलाई सुरक्षित राखेको छ ।

हिजो पनि आठराई त्रिवेणी गाउँपालिका–२ पन्चमीमा शंकास्पद बस्तु फेला परेको थियो । त्यसलाई सेनाले डिस्पोज गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्