झापा, फागुन २० । झापाका १०७ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

झापा कारागारमा रहेका ती कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको हो । मतदाताको अन्तिम नामावलीमा नाम भएका कैदीबन्दीहरुले मतदान गर्न पाउने कारागार प्रमुख रेवन्त भट्टराईले बताए । झापा कारागारमा १ हजार ६६२ जना कैदीबन्दी रहेका छन् ।

झापामा तीनवटा अस्थायी मतदान केन्द्र रहेका छन् । अन्य दुईवटा अस्थायी मतदान केन्द्र निर्वाचनमा नखटिएका सुरक्षाकर्मी र कर्मचारीहरुका लागि व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्