झापा, फागुन २० । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह आज काठमाडौ फर्किने भएका छन् ।

भोलि हुन लागेको निर्वाचनमा भाग लिन उनी फर्किन लागेका हुन् । उनको मतदाता नामावली काठमाडौमा रहेको छ । आज बिहान ११.३५ बजे यति एयरलाइन्सको भद्रपुर– काठमाडौ उडानद्वारा बालेन काठमाडौ फर्किने सुरक्षा स्रोतले जनाएको छ ।
मौन अवधि शुरु भएपछि सोमवार बेलुका उनी मेचीनगरको होटल मेची क्राउन आइपुगेका थिए । हिजो होलीका दिन बालेनकी पत्नी सविना काफ्लेसमेत होटल मेची क्राउन पुगेकी थिइन् ।
भोलि मतदानका दिन उम्मेदवार बालेनले झापा ५ को मतदान केन्द्रहरुको निरीक्षण नगर्ने भएका छन् । मतदाताहरुलाई हौसला दिन मतदान केन्द्रमा पुग्ने योजना रहेपनि बालेन मतदान केन्द्रमा पुग्दा सुरक्षा दिन नसक्ने र मतदान भाँडिन सक्ने सुरक्षा निकायले बताएपछि उनी काठमाडौ लागेको एक रास्वपाका नेताले बताएका छन् ।



