झापा, फागुन २० । झापामा केही दिनदेखि खाना पकाउने ग्यास (एलपीजी) को अभाव भएको छ ।

इरान –इजरायल युद्धका कारण ग्यास नपाउने आशंकामा उपभोक्ताहरुले आवश्यकताभन्दा बढी स्टक गरेपछि बजारमा ग्यास अभाव भएको हो । चार दिनअघिदेखि बजारमा ग्यास पाउन छाडेको उपभोक्ताहरुले बताएका छन् ।
इरान–इजरायल युद्धका कारण उपभोक्ताहरुले धेरै ग्यास स्टक गरेपछि अभाव भएको बिर्तामोडमा मेची ग्यासका डिलर लिएका श्री खनालले बताए । उनले कम्पनीबाट ६० वटा ग्यास ल्याउँदा १० मिनेटमै सिद्धिने गरेको बताए । ग्यास अभाव भएपछि डिलरहरु बन्द छन् ।
अर्कोतर्फ निर्वाचनका कारण नाका बन्द भएका कारण नेपालमा ग्यास आयात हुन सकेको छैन । निर्वाचन सम्पन्न भएर सीमा नाका खोलेपछि मात्र ग्यासको आपूर्ति सहज हुने आपूर्तिकर्ताहरुले बताएका छन् ।



