झापा, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय उपाध्यक्ष राजुजंग कन्दङवा रिहा भएका छन् ।

आज बिहान ११.२० बजेतिर बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडि फलफूल लाइनमा चुनावी सामग्रीसहित प्रचारप्रसार गरिरहँदा बिर्तामोड ६ निवासी कन्दङवा पक्राउ परेको प्रहरीले बताएको थियो । आफूले प्रचारप्रसार नगरी आफ्नो गाडीबाट पम्प्लेट झरेको उनले बताएका छन् । उनले आफूले पैसा बाँडेको आरोपको समेत खण्डन गरेका छन् ।



