झापा, फागुन २० । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका मेची अंचल संयोजक मधुरकान्त सिटौला पक्राउ परेका छन् ।

भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि झापा जिल्लामा केहि अराजक गतिबिधि गर्न सक्ने भएकाले उनलाई बिर्तामोड १ स्थित चिल्ड्रेन अस्पताल बिर्तामोडबाट पक्राउ गरिएको हो ।
आज साँझ ५ः२० बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठको कमाण्डको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको छ ।



