झापा, फागुन २१ । निर्वाचनको अघिल्लो राति पैसा बाँड्न खोज्ने एकजना व्यक्ति दमकमा पक्राउ परेका छन् ।

गएराति ८बजे दमक ७ श्रीपाली चोकमा सशस्त्र निर्वाचन सुरक्षा बेस बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले दमक ८घर भई दमक– ६ देवकोटा चौकमा अशोक युनिसेक्स सैलुन एण्ड ट्रेनिङ सेन्टर (निल डेबिड ) संचालन गर्ने बर्ष २७का सन्दिप चौधरीले चलाएको प्रदेश १–०२–०५०प५३९८नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा नगद फेला परेको थियो ।
उक्त स्कुटरको डिकी चेकजाँच गर्दा डिकीभित्र कपडाको झोलाभित्र राखेको नगद १ लाख २७ हजार रुपैँया फेला परेको थियो । उक्त रकम शंकास्पद रहेकोले बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको छ । चौधरीलाई इप्रका दमकको हिरासतमा राखि थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै गएराति ९;१५बजे गौरीगंज वडा नं.३ गौरीगंज चोकमा रहेको आरियन होटलभित्र मादक पदार्थ सेवन गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने पाँच जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज ३ कृपाल टोल बस्ने वर्ष २८का अक्ष साह , सोही ठाउँ बस्ने वर्ष२४का अनिस सुवेदी , गौरीगंज चोक बस्ने वर्ष२३का अभिशेक राजवंशी, वडा नं.२ कोरोबारी बस्ने वर्ष ४२का रूखिराम मर्डी र वडा नं ६तीनटोलीया बस्ने वर्ष४१का प्रविन महतोलाई पक्राउ गरेको हो ।


