झापा, फागुन २१ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति बचाउ महाअभियानका मेची अञ्चल संयोजकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा महाअभियानका मेची अञ्चल संयोजक बिर्तामोड १बस्ने बर्ष४३का मधुरकान्त सिटौला र सोही अभियानका सदस्य अर्जुनधारा ११बस्ने बर्ष २२का मनोज कडरिया रहेका छन् ।

हिजो साँझ ५.४५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरुलाई घरबाट नियन्त्रणमा लिई अनुसन्धानको लागि इप्रका अनामनिमा ल्याई राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्