झापा, फागुन २१ । झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।

त्यहाँ शतप्रतिशत मत खसेको छ । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एकजना कारागार प्रमुख गरी १०८ जनाले त्यहाँ मतदान गरेका छन् । मतदाताको अन्तिम नामावलीमा १०७ जना कैदी बन्दीको नाम रहेको थियो ।

मतदाता नामावलीमा रहेका १०७ जना कैदी बन्दी र आफू गरी १०८ जनाले शतप्रतिशत मत हालेको कारागार प्रमुख रेवन्त भट्टराईले बताए । उनले सर्जमिन मुचुल्का गरी मतपेटिका सिल गरिसकिएको जानकारी दिए । सो मतपेटिका बेलुका मात्र ढुवानी गरिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्