झापा, फागुन २१ । झापामा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ ।

झापामा बिहान १० बजेसम्म ८ दशमलव ४५ प्रतिशत मतदान मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बिहान १० बजेसम्म करिव १५ प्रतिशत मत खसेको बताएका छन् ।

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन्‌ । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन्‌ । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन्‌ । झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन्‌ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्