विराटनगर , फागुन २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको शुक्रबार निधन भएको छ।

मोरङ क्षेत्र नम्बर २ को मतगणनास्थलमा उनी अचानक ढलेका थिए ।
बिहानदेखि सुरु भएको मतगणनाको केही समयपछि अचानक बेहोस भएका रेग्मीको घटनास्थलमै मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।

उनको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ । मृतक रेग्मीको शव पोष्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्