झापा, फागुन २३ । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ।

हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।

रास्वपाको ९८ बढी स्थानमा अग्रता छ । यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १९ सिट, कांग्रेसले ५ सिट, एमाले र नेकपाले १/१ सिट जितेको छ।

रास्वपा ९८ सिटमा अग्रता लिदा एमालेले १२ तथा कांग्रेस र नेकपाले लगभग १०/१० सिटमा मात्र अग्रता लिएका छन्। समानुपातिकतर्फ रास्वपाले ५७ प्रतिशत र कांग्रेसले ११, एमाले र राप्रपाले ८ प्रतिशत मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्