झापा, फागुन २३ । अन्तिम मत परिणाम नआउँदै झापा ५ मा विजय हुने सुनिश्चित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

झापा ५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा केहीबेर अघिसम्म ८८हजार ४४१ मत गणना भइसकेको छ । अब १७ हजार ९३० मत मात्र गन्न बाँकी रहेको छ । त्यसमा बालेनले ५५ हजार ९३४ मत ल्याएका छन् भने ओलीले १५ हजार ४०९ मत पाएका छन् । ओलीभन्दा बालेन ४० हजार ५२५ मतले अगाडि रहेका छन् ।
रास्वपामा सबैभन्दा बढी मत ल्याएर बालेनले निर्वाचन जित्न लागेका हुन् । मोरङ क्षेत्र नम्बर ६ बाट ५५ हजार पाँच सय १३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित भएकी छन् भने चितवन–२ को अन्तिम मत परिणामअनुसार रवि लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका छन् । ती दुवैलाई बालेनले उछिनेका छन् ।सबैभन्दा फराकिलो मतान्तरले जित्ने पनि बालेन नै हुन् ।





md.aslamansari363@gmail.com