झापा । काठमाडौंको मेयरमा निर्वाचित हुनुअघि ३६ वर्षका बालेन्द्र शाह(बालेन) पेशाले एकजना इन्जिनियर भएपनि योग्यता र दक्षताको हिसाबले अब्बल थिए । र्‍याप गाएर युवामाझ चिनिएका बालेनलाई काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि देशवासीहरुले चिने । अब देशकै प्रधानमन्त्री बनेपछि विश्वले चिन्ने छ ।

नेपालको वर्तमान राजनीतिक परिदृश्यमा इन्जिनियर बालेन्द्र शाह (बालेन शाह) नयाँ पुस्ताको नेतृत्वका रूपमा उदाउँदै आएका छन्। संरचनात्मक तथा सिभिल इन्जिनियरका रूपमा आफ्नो पहिचान बनाएका बालेनले हाल देशको नेतृत्व सम्हाल्ने सम्भावित व्यक्तित्वका रूपमा व्यापक चर्चा र समर्थन प्राप्त गरिरहेका छन्। बालेनको व्यक्तिगत विवरणलाई खोतल्दा उनी असाधारण होइनन् ।

इन्जिनियर बालेन्द्र शाह (बालेन शाह) नेपालका एक प्रख्यात संरचनात्मक (Structural )तथा सिभिल इन्जिनियर हुन्। उनको जन्म २ जुलाई १९९० मा भएको हो। हाल उनी काठमाडौँ महानगरपालिका–९, सिनामंगल, शक्तिनगर निवासी हुन् । नेपाल इन्जिनियरिङ काउन्सिलमा कक्षा ‘ए’ सिभिल इन्जिनियर (N.E.C Reg. No. ११८६०) का रूपमा दर्ता छन् ।
उनले सिभिल इन्जिनियरिङमा स्नातक (B.E.) तथा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर (M.Tech) अध्ययन पूरा गरेका छन् । उनले भारतको Visvesvaraya Technological University बाट स्ट्रक्चरल इन्जिनियरिङमा M.Tech अध्ययन गरी ९.४६/१० GPAसहित Distinction प्राप्त गरेका छन् । त्यसअघि उनले PU Universityबाट B.E. Civil Engineering पूरा गरेका थिए । प्रारम्भिक उच्च माध्यमिक शिक्षा उनले V.S. Niketan Higher Secondary School बाट विज्ञान (Science) विषयमा ७० प्रतिशत अंकसहित सम्पन्न गरेका हुन् ।

व्यावसायिक रूपमा उनी संरचनात्मक डिजाइन, परियोजना व्यवस्थापन तथा पूर्वाधार विकास क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरका रूपमा परिचित छन् । उनी Gaumukhi Engineering Services Pvt.Ltd. मा Program Manager तथा Senior Structural Engineer रूपमा कार्यरत थिए । यस संस्थामार्फत उनले नेपालका सातै प्रदेशमा पर्यटन, औद्योगिक क्षेत्र, नगरपालिका भवन, पुल तथा अन्य पूर्वाधार परियोजनाहरूका लागि संरचनात्मक डिजाइन तथा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने कार्य गर्दै आएका थिए ।साथै विभिन्न डिजाइन परियोजनाहरूमा इन्जिनियर तथा आर्किटेक्टहरूलाई प्राविधिक सहयोग पनि प्रदान गर्दै आएका थिए । यसअघि उनी Soaltee City, Platinum Developers तथा MS Group मा Program Manager (Consultant) का रूपमा कार्यरत रहँदै चार वटा उच्च–आवासीय भवन तथा १९ वटा बंगलाको डिजाइन, निर्माण र सुपरिवेक्षण कार्यमा संलग्न थिए ।

नेपालमा आएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण क्षेत्रमा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। ASF Nepal/ Habitat for Humanity अन्तर्गत Head of Technical Department का रूपमा कार्यरत रहँदा उनले काभ्रेको पाँचखाल क्षेत्रमा २५०० घरको डिजाइन, निर्माण तथा सुपरिवेक्षण गरेका थिए । साथै रसुवा , नुवाकोट र धादिङ जिल्लामा पुनर्निर्माण परियोजनामा Technical Advisor का रूपमा सेवा दिएका थिए । उनले National Society of Earthquake Technology(NSET) सँग आबद्ध भई काठमाडौं र सिन्धुपाल्चोकमा १५०० भन्दा बढी घरको भूकम्पपछिको विस्तृत क्षति मूल्यांकन गर्ने कार्यमा पनि योगदान दिएका थिए । यसका अतिरिक्त उनले Asian Construction मा Project Engineer तथा Bajraguru Construction Company मा Transportation Engineer का रूपमा कार्य गर्दै पुल, सडक तथा पूर्वाधार निर्माण परियोजनाहरूमा अनुभव हासिल गरेका छन् ।

सामाजिक सेवाप्रति पनि उनको सक्रिय सहभागिता रहेको छ। Help Nepal(NGO) मार्फत भूकम्पपछिको पुनर्निर्माण अभियानमा Volunteer Engineer का रूपमा कार्य गर्दै उनले २८ अस्थायी भूकम्प प्रतिरोधी घर निर्माण तथा पानी, स्वास्थ्य र सरसफाइ (WASH) सम्बन्धी आपतकालीन सहयोग प्रदान गरेका थिए ।

उनले भूकम्प प्रतिरोधी निर्माणसम्बन्धी विभिन्न तालिम तथा प्रमाणपत्र पनि हासिल गरेका छन् ।  NSET बाट Detail Damage Assessment Training(२०१५) तथा Habitat for Humanity र नेपाल सरकार बाट Training of Trainers (TOT)for Earthquake Resilient Construction (२०१७) प्राप्त गरेका छन् ।
प्राविधिक सीपका रूपमा उनी Microsoft Office (Excel,Word, PowerPoint), ETABS, SAFE, AutoCADजस्ता सफ्टवेयर प्रयोगमा दक्ष छन् । साथै Project Management, Vastushastra तथा Social Media Marketing क्षेत्रमा पनि अनुभव राख्छन् ।

भाषागत रूपमा उनी नेपाली, अंग्रेजी, मैथिली, नेवारी, थारु, भोजपुरी, हिन्दी र कन्नड भाषामा संवाद गर्न सक्षम छन् । अन्तर्राष्ट्रिय अंग्रेजी भाषा परीक्षण IELTS मा उनले ७.५ स्कोर प्राप्त गरेका छन् ।

उनका व्यावसायिक सन्दर्भ व्यक्तिहरूमा कृष्णबहादुर बि.क. (Project Manager, ASF Nepal ) तथा प्रवीन बज्राचार्य (Senior Structural Engineer, USAID) रहेका थिए ।

यसरी इन्जिनियर बालेन्द्र शाहले प्राविधिक ज्ञान, परियोजना व्यवस्थापन क्षमता तथा सामाजिक उत्तरदायित्वका माध्यमबाट नेपालको पूर्वाधार विकास र पुनर्निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा बालेन्द्र शाह स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।
उनले प्रमुख दलका उम्मेदवारहरूलाई पराजित गर्दै लगभग ६१ हजारभन्दा बढी मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका थिए ।
उनको कार्यकालमा शहरी व्यवस्थापन, अवैध संरचना हटाउने अभियान, सार्वजनिक स्थान संरक्षण, डिजिटल शासन, शिक्षा तथा महानगरको प्रशासनिक सुधार जस्ता विषयमा पहल गरिएको उल्लेखनीय मानिन्छ।

यसपटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई उनकै विरासत रहेको झापा ५ मा सर्वाधिक मत र मतान्तरले हराएर उनले अर्को इतिहास रचेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्