झापा,फागुन २३ । झापा क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार प्रकाश पाठक निर्वाचित भएका छन् ।

रास्वपाका पाठकले राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गरेका हुन् । पाठकले लिङ्देनलाई २१ हजार ३८० को फराकिलो मतान्तरले पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन् । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङ्देनले मात्र १७ हजार २९४ मत पाएका छन् ।

२०७९ मा पनि उनी यही क्षेत्रबाट उठ्दै तेस्रो बनेका थिए । उनले ३ हजार ४ सय ६१ मत पाएका थिए । यसपटक उनी १० दोब्बरभन्दा बढी मत पाएर विजयी भए । त्यस निर्वाचनमा लिङ्देन दोस्रो पटक विजयी भएका थिए । उनले त्यस बेला नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत ल्याएका छन् । क्षेत्र नं ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्