भरतपुर , फागुन २३ । चितवनको कालिकामा अटो दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।


कालिका नगरपालिका–९ मा दुर्घटना भएको हो । कालिकाको उपरदाङढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा.प्र ०६ –००१ ह ०३१५ नम्बरको अटो नालीमा खस्दा अटो चालक राप्ती नगरपालिका–९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्