झापा, फागुन २४ । सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतीय मदिरा र सवारी साधनसहित दुईजनालाई पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ७ बर्नेडाँडा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश टिमाईबाट खटिएको टोलीले महेन्द्रा स्कोरपिओ गाडीमा लोड गरी ल्याउँदै गरेको अवैध मदिरासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
हिजो बिहान ९ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले बा. १५ च. १२९८ नम्बरको महेन्द्रा स्कोरपिओ गाडी चेकजाँच गर्ने क्रममा इलामबाट झापातर्फ ल्याउँदै गरेको १ लाख ७८ हजार ९५५ रुपैयाँ बराबरको ३६ काटुन बिभिन्न ब्राण्डका अवैध भारतीय मदिरा र उक्त सवारी साधनसहित भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं. २ का वर्ष ५२ का गणेशकुमार राई (सवारी चालक) र पाँचथर हिलिहाङ गाउँपालिका वडा नं. २ का वर्ष ४० का शंकरप्रसाद प्रसाईलाई (सामान धनी) नियन्त्रणमा लिएको हो ।

उक्त मदिरा र सवारी साधनसहित २९ लाख ७८ हजार ९५५ मूल्य कायम गरी दुवैजनालाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय, काँकडभिट्टा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक रोहितबहादुर घिमिरेले जानकारी दिएका छन् ।



