कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रणका लागि इलाम नगरपालिकाले प्रत्येक वडामा रहेका विद्यालयलाई सेल्फ क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । २५ जनासम्मलाई राख्ने गरी भवनको व्यवस्थापन मिलाउन वडा नं. १ मा नेपालटार मा.वि. र जनता आ.वि., वडा नं. २ मा सुम्बेक मा.वि., वडा नं. ३ मा विणापानी मा.वि., वडा नं. ४ मा बालमण्डल मा.वि. र सिद्धेश्वरी आ.वि. ,वडा नं. ५ मा अमर मा.वि. र रिब्स स्कुल, वडा नं. ६ मा प्रज्ञासदन मा.वि. र जनकल्याण आ.वि., वडा नं. ७ मा आदर्श मा.वि., वडा नं. ८ मा विद्या आ.वि. र महेन्द्रोदय आ.वि., वडा नं. ९ मा भगवती मा.वि. वडा नं. १० मा नन्द मा.वि. र पूर्णस्मारक मा.वि. ,वडा नं. ११ मा बालकन्या मा.वि. र महेश्वरा आ.वि. , वडा नं. १२ मा साङ्गरुम्वा मा.वि. र रत्नलक्ष्मी आ.वि. लाई तोकिएको छ ।
यसै गरी इलाम नगरपालिका वार्ड नं. ६ स्थित डा. मेघबहादुर पराजुली सामुदायिक अस्पताललाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्नका लागि तयारी अवस्थामा राख्ने र सो सामुदायिक अस्पतालमा सि.अ.हे.व. श्री दिपक पौडेलको नेतृत्वमा हे.अ. श्री गीता राई, अ.न.मि. श्री सुनिता बस्नेतलाई मिति २०७६।१२।११ देखि नै परिचालन गरी इलाम अस्पताललाई सहयोगको लागि अनुरोध गर्ने निर्णय भएको छ ।
यसरी नै सर्वसाधारणलाई सुलभ ढङ्गले मास्क उपलब्ध गराउन नेपाल कपडा सिलाई व्यवसायी संघ इलामको सहयोगमा १५ हजार मास्क खरिद गर्ने समेत निर्णय भएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्