आज विश्वभरका २०६ भन्दा बढि देशमा कोभिड–१९को संक्रमणबाट १० लाख भन्दा बढि मानिस
ग्रसित छन् भने ५३ हजार भन्दा बढिको मृत्यु भैसकेको छ । नेपालमा हाल सम्म ६ जनामा
संक्रमण देखिएको छ जसमध्ये १ जनाको सफल उपचार भएको छ भने अन्य ५ जनाको उपचार
भैरहेको छ । यस बर्षको मार्ग÷पौषबाट छिमेकी देश चीनको वुहानबाट शुरू भएको मानिएको
कोभिड–१९ भाइरस छोटो समयमा विश्वभर फैलिएको छ । यसरी कोभिड–१९ भाइरसको
नियन्त्रणकालागि एक्लो प्रयासले मात्र सफल हुनेछैन । यसकालागि सारा विश्व एक हुन अपरिहार्य
छ । यसरी विश्वभर फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण
गर्नकालागि नेपाल सरकारले अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गरेको र जनताबाट समेत
समर्थन प्राप्त भएको छ ।
तपाई हामीले आफ्नो स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी मास्क प्रयोग गर्ने÷गराउने, सेनिटाइजरको
प्रयोग गर्ने÷गराउने, कम्तिमा एक मिटरको सामाजिक दुरी कायम गर्ने÷गराउने, बारम्बार राम्रो
सँग साबुनपानीले हात धुने÷धुन लगाउने तथा बढि भिड नगर्ने÷नगराउने वा बढि भिडभाड
भएको स्थानमा नजाने गर्नुपर्दछ । यसकालागि तपाई हामी सबैको सामुहिक प्रयास, दृढ इच्छा
शक्ति, कठोर संकल्प, अत्याधिक आर्थिक स्रोतको आवश्यक पर्दछ । स्वास्थ्य सजगता तथा
सुविधाको दृष्टिकोणबाट सम्पन्न देशहरूको अवश्था नै दयनीय छ । यसरी कोभिड–१९ भाइरसको
संक्रमण रोकथामकालागि अधिकतम सम्भाव्य व्यक्तिको स्वास्थ्य परीक्षण गर्न, क्वारेन्टाइन तथा
आइसोलेशनमा रहेका व्यक्तिहरूको व्यबस्थापन मिलाउन राज्यलाई असहज भएको यस कठिन
समयमा योगदान पुग्ने विश्वासकासाथ प्रदेश नं.१को सरकारले कोरोना भाइरस संक्रमण रोकथाम,
नियन्त्रण तथा उपचारकालागि स्थापना गरेको प्रदेश नं.१ कोरोना जनसुरक्षा कोषको नाममा
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बिराटनगरमा रहेको खाता नं.२१२०००५८८१०१ मा जम्मा
हुने गरी प्रदेश नं.१मा केन्द्रीय कार्यालय रहेका नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्र प्राप्त
वित्तीय संस्थाहरू सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडबाट रू.५००,०००÷–, एक्सेल डेभलपमेन्ट
बैंक लिमिटेडबाट रू.५००,०००÷–, मितेरी डेभलपमेन्ट बैंक लिमिटेडबाट रू.५००,०००÷–, र
सालपा विकास बैंक लिमिटेडबाट रू.५०,०००÷– उपलब्ध गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्