धरान (प्रस) धरान उपमहानगरपालिका –४ स्थित भेडेटारमा साहसिक खेल जिपलाइनको उद्घाटन भएको छ । भेडेटार देवीथान जिपलाइनको शनिबार प्रदेश –१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् । मुख्यमन्त्रीले उद्घाटन गरेको जिपलाइनमा धरानका उपप्रमुख मन्जु भन्डारीले प्रयोग गरिन् । धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले गरेको उडान सुपरम्यान जिपलाइन थियो ।
धरान ४ तर्फको भेडेटारबाट सुरुवाती पोइन्टबाट देवीथानमा ल्याण्डिङ हुनेछ । यो जिपलाइनको लम्बाई ६ सय ५० मिटर र उचाई १५० मिटरसम्म छ भने पर्यटकले करिब ४५ सेकेण्डसम्म अनुभव लिन पाउछन् । वल्र्ड वाइड ग्रुप नेपाल प्रालिले सञ्चालनमा ल्याएको जिपलाइनको लागत ३ करोड भएको सञ्चालक बिबस भण्डारीले बताए । जिपलाइनमा क्लासिक, सुपरम्यान र कपल जिपलाइन गरि ३ प्रकार रहेको छ । क्लासिकको १२ सय, सुपरम्यान(सुतेर)को १५ सय र कपलको १८ सयदेखि २ हजार रुपैयाँसम्म पर्नेछ । क्लासिक एक्लै झुण्डिएर हुन्छ भने सुपरम्यान सुतेर हुन्छ । कपल जिपलाइनमा दुईजना आफ्नो साथीसँग अंगालो मारेर खेलिने संचालक भन्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्