बिर्तामोड (प्रस)
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, कांग्रेस नेता तथा विश्लेषक प्रदीप गिरी लगायतका व्यक्तित्वहरुको पहलमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप)को शुरुवात भएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो पहलको शुरुवात भएको जानकारी दिइएको छ ।
‘सरकारले गरेका कार्यहरुलाई रचनात्मक तरिकाले सहयोग पर्याउने, आफ्नो आफ्नो स्थानबाट जनस्वास्थ्य, अर्थ लगायतका विभिन्न कोणहरुबाट आवश्यक सुझावहरु सम्बन्धित निकायसम्म प्रभावकारी ढंगले पु(याउने उद्देश्यका साथ यो पहलको शुरुवात गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरु रहनेछन् । अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिनेछ । हाललाई केन्द्रमा संयोजन समिति रहनेछ र त्यसमा विभिन्न सार्वजनिक क्षेत्रका इच्छुक विज्ञ तथा स्वयंसेवी युवाहरुलाई सहभागी गराउँदै लगिनेछ । केन्द्रीय संयोजन समितिमा डा. बाबुराम भट्टराई, प्रदीप गिरी, डा. कल्याणराज शर्मा, कृष्ण आचार्य, जनकराज जोशी, डा. दोभान राई, प्रदीप परियार, ब्रबिम कुमार, डा. रेशम थापा, लुना रन्जित, डा. लोचन कार्की, डा. ल्हामो शेर्पा, विश्वदीप पाण्डे, डा. सबिन निंगलेखु, डा. सुरेन्द्र यादव, सुरेन्द्र शाह र डा. स्वर्णिम वाग्ले छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्