काठमाडौँ (प्रस) एनसेलका सबै ग्राहकले प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने हेतुले बोनस रकम प्रतिशतमा वृद्धि गरेको हो । यस संकटको अवस्थामा एनसेल एक जिम्मेवार र एक अत्यावश्यक सेवा प्रदायकको रूपमा आफ्ना सेवाहरू चुस्त र निरन्तर सुचारु राख्न प्रतिबद्घ छ ।
ग्राहकले रिचार्जबापत प्राप्त गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्रका अन्य नम्बरहरूमा कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । रिचार्ज कार्ड, भीएफटी, इलेक्ट्रोनिक रिचार्जलगायत सबै माध्यमबाट हुने रिचार्जमा यो बोनस प्राप्त हुन्छ । यो योजनाअन्तर्गत एनसेलकाग्राहकले ५० रुपैयाँ, १ सय रुपैयाँ,२ सय रुपैयाँ, ३ सय रुपैयाँ, ५ सय रुपैयाँ, र १ हजार रुपैयाँको रिचार्जमा बोनस प्राप्त गर्न सक्छन् ।
उदाहरणका लागि यो योजनाअन्तर्गत ५० रिचार्ज गर्ने ग्राहकले बोनस स्वरूप ६० प्राप्त गर्छन् । त्यस्तै ५ सय रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप ६ सय रुपैयाँ प्राप्त गर्छन् । बोनस रकम तीन दिनसम्मका लागि मान्य हुनेछ । हालको विपद्को परिस्थितिलाई मध्यनजर गर्दै बुधबारमात्र एनसेलले निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, ७ दिन समयावधि भएको १५ जीबीको स्टे होम प्याक र २ सय रुपैयाँसम्म एनसेल सापटी लिन सकिने व्यवस्था पनि गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्