कोरोना भाइरस संक्रमणको यस विपतको घढीमा स्थानीय तह, विपत व्यस्थापन समन्वय समितिहरुको सहकार्यमा र बिपन्न परिवारका लागि खाद्यान्न सहयोग होस भनेर सहकारीले सुन्दरहरैचा नगरपालिकाका उप–मेयर धनमाया तामाङ्गलाई खाधान्न जसमा १२०० केजी चामल, दाल ५० केजी र नुन १ बोरा सहारा नेपाल साकोसका ईलाका प्रमुख ओम प्रकाश साह, बिराटचोक शाखा प्रमुख मोतिखर संजेल र गोठगाउ शाखा प्रमुख शान्ता काफ्ले साथै अन्य कर्मचारीले हस्तान्तरण गरेको छन् ।
कोरोनाको महामारीसँग जुधिरहेको सरकारलाई साथ दिनका लागि सहकारीले सामाजिक उतरदायित्व अन्तरगत ५० लाख रुपैयाँको सहकार्य साथै राहत प्याकेज घोषणा गरेको सहकारीले बिज्ञप्ती जारी गरेर जनाएको छ ।
यस अधि सहारा कर्मचारी मानवीय सहायता कोष बाट बिराटनगरमा भएको कोशी अञ्चल अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मीका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका इलाका प्रमुख ओम साहाले अस्पताल उद्घाटनका क्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाइ सो खाद्य सामाग्री हस्तान्तरण गरे ।
यस्तै शुक्रबार मुख्यमन्त्री शेरधन राईलाई मोरङको टाँडी स्थित क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई खाद्यान्न उपलब्ध गराउन एक लाख ५१ हजार रुपैयाँको चेक प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषमा जम्मा हुने गरि सहारा नेपालले हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्