एनएमबि बैंकले मिति २०७६ चैत्र २७ बिहिवारका दिन प्रदेश १ सरकारलाई चिकित्सकका लागी आवश्यक व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ । एनएमबि बैंक प्रदेश १ का प्रमुख उत्सव घिमिरेले कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक १०० थान गुणस्तरयुक्त व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदेश १ का मुख्य मन्त्री माननीय श्री शेरधन राईलाई मुख्य मन्त्री कार्यालय, बिराटनगरमा उपस्थित मन्त्रीहरु तथा उच्चस्तरीय पदाधिकारीहरु समक्ष हस्तान्तरण गरेका हुन । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।
“यस महामारी विरुद्घको अभियानमा सरकारको पहलकलमीमा हामी पनि सरिक छौं”, प्रदेश प्रमुख घिमिरेले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्