बिर्तामोड ,चैत २८ । कोरोना भाइरस संक्रमण रोकथाम तथा राहत व्यवस्थापन कोषका लागि गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिकालाई २५ हजार रुपैयाँ सहयोग गरेको छ ।

आज बिर्तामोड नगरपालिकाको कार्यालय पुगेर सहकारी संस्थाका पदाधिकारीहरुले सो सहयोग गरेका हुन् । बिर्तामोड— ५ मा कार्यालय रहेको गौरबशाली साकोसका अध्यक्ष लवकुमार चौधरी, कोषाध्यक्ष रामु सिंह, सदस्यहरु रुपा राजवंशी, प्रेम राजवंशीलगायतले २५ हजारको चेक नगर प्रमुख ध्रुबकुमार शिवाकोटीलाई हस्तान्तरण गरेका थिए ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आफ्नो संस्थाका तर्फबाट सो सहयोग गरेको अध्यक्ष चौधरीले बताए । उनले विगतदेखि विभिन्न सामाजिक कार्यका लागि संस्थाले सहयोग पुर्याउँदै आएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्