(झापा)
मुलुकमा कोरोना संक्रमितको जोखिम र स्वास्थ्य समस्याबाट बच्न सबै तहमा आआफ्नो क्षमता र उपलब्ध जनशक्ति अनुसार काम भइरहेको छ । यसैक्रममा प्रदेश –१ सरकारले डाक्टरको निश्चित स्थानसहित जिम्मेवारी तोकेको छ । उनीहरूलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या आएमा अथवा स्वास्थ्य सम्बन्धि कुनै परामर्श लिनु परेमा त्यसको भुमिका निर्बाह गर्ने गरी तोकेर जिम्मेवारी दिइएको हो । प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका अनुसार डा. गोबिन्द कँडेल र डा. मनिष सुबेदी मेची अस्पताल, भद्रपुर झापा, डा. लक्ष्मीनारायण यादव, डा. डेनप्रसाद आचार्य, डा. दीपक सिग्देल, उत्तरकुमार मैनाली र डा. दिनेश न्यौपानेलाई कोशी अस्पताल, विराटनगरमा तोकिएको छ ।
त्यसैगरी डा. मुक्ति भट्टराई लाइफलाइन अस्पताल, दमक झापा, डा. निकेशराज श्रेष्ठ र डा. राजिव श्रेष्ठ न्यूरो अस्पताल, विराटनगर, डा.विकास साह बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरान सुनसरी, डा.दिपेश आचार्य पूर्वाञ्चल बिश्वबिद्यालय, गोठगाँउ मोरङ, डा. पुरु कोइरालाविराट मेडिकल कलेज, विराटनगर,डा. बैभव मल्लिक इलाम अस्पताल, इलाम, डा. राजेन्द्र पाण्डे रंगेली अस्पताल, मोरङ, डा. योगेश मण्डल मंगलबारे अस्पताल मोरङ, डा. सन्तोष राई ,इनरुवा अस्पताल, सुनसरी, डा. जीवनारायण मण्डल उदयपुरअस्पताल,उदयपुर,डा.बिशाल नेपाली,पाँचथर अस्पताल पाँचथर, डा. सोसिङ लामा ताप्लेजुङअस्पताल, डा. आनन्द देव तेह्रथुम अस्पताल, डा.सन्तोषदेव ओखलढुङ्गा अस्पताल, डा.शैलेश श्रेष्ठ खोटाङ अस्पताल, डा. पुजन बिश्वकर्मा धनकुटा, डा.पबित्रा श्रेष्ठ भोजपुर अस्पताल, डा. श्यामसुन्दर झा संखुवासभा अस्पताल, सानी शेर्पालाई सोलुखुम्बु अस्पतालमा जिम्मेवारी तोकिएको छ ।
कोरोनाको त्रास फैलिएपछि अरु स्वास्थ्य सेवा पाउन नसकिएको जनगुनासो चुलिएपछि प्रदेश सरकारले स्वास्थ्य सेवामा नागरिक पहुँच पु¥याइ राख्न त्यस्तो व्यवस्था गरेको हो । सेवाग्राहीको सहजताका लागि सम्बन्धित चिकित्सकको मोबाइल नम्बर समेत दिइएको मन्त्रालय स्रोतले जनाएको छ । यसरी जिम्मेवारी तोकिएका सबै सरकारी अस्पतालमा कार्यरत डाक्टरहरु हुन् । कोरोना संक्रमणको सन्त्रास बढेपछि जिम्मेवारी तोकिएको हो । सरकारले सिधा सम्पर्क गरेर समस्या राख्न र परामर्शका लागि कुनै अप्ठ्यारोमा महसुस नगर्न भनेको स्रोतले जनाएको छ ।