बुद्धशान्ति, चैत २८ । कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा राहत व्यवस्थापनका लागि नेपाली काँग्रेसबाट विजयी बुद्धशान्ति गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले एक महिनाको सेवा सुविधा दिने भएका छन् ।
७ वटा वडा रहेको बुद्धशान्ति गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, १ नं. वडाध्यक्ष भीमकुमार नेवार, वडा सदस्य टिका धिमाल, ३ नं. वडाध्यक्ष कमल उप्रेती, वडा सदस्य बसन्त लिम्बू , ५ नं. वडाध्यक्ष वासुदेव खतिवडा, वडा सदस्य डिल्लीरमण खतिवडा, रीता चौधरी, डेगेन्द्र कार्की र देउमाया दर्जी गरी १० जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
नेपाली काँग्रेस बुद्धशान्तिले गाउँपालिका अध्यक्षको सेवा सुविधा ३२ हजार ५००, प्रत्येक वडाध्यक्षको १९हजार ४०० र प्रत्येक वडा सदस्यको ७ हजार ५०० गरी कुल हुन आउने १ लाख३५ हजार ७०० रुपैयाँ राहत कोषलाई दिने निर्णय गरिएको नेपाली काँग्रेस बुद्धशान्तिका सभापति चक्र शेर्माले बताएका छन् ।
कोरोना संक्रमण रोकथामका लागि देशभरि लकडाउन भइरहेको अवस्थामा अति विपन्न वर्गका नागरिकलाई राहत वितरण गर्न बुद्धशान्ति गाउँपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा एक महिनाको सेवा सुविधा दिन पाउँदा आफूलगायत अन्य जनप्रतिनिधिसमेत खुशी रहेको गाउँपालिका अध्यक्ष भुजेलले बताए ।
नेपाली काँग्रेसले यसअघि पनि गाउँपालिकालाई राहत कार्यमा १२०० केजी चामल सहयोग गरेकोे थियो ।