भद्रपुर , चैत २८ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले श्रमजीवि वर्गलाई राहत वितरणमा एकरुपता ल्याउनका लागि मापदण्ड तय गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख तथा कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा आज बसेकोे बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले टोल विकास समितिमार्फत सामाजिक दुरी पालना गर्न लगाई श्रमजीवी बर्गलाई राहत वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिकाहरुलाई आगह गर्ने निर्णय गरेको छ । राहत वितरण गर्ने परिवारको पहिचान गर्न सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र वडास्तरमा निर्माण गर्ने र वितरणमा सुरक्षा निकायसँग समन्वय गर्ने निर्णयसमेत भएको छ ।

बैठकले आवश्यकता अनुसार मल आपूर्तिको व्यवस्था मिलाउन साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई आग्रह गर्ने ,आवश्यकता अनुसारको ईन्धनको आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई आग्रह गर्ने , किसानहरुलाई सिचाईका लागि डिजेल उपलब्ध गराउन व्यवस्था मिलाउने ,खाद्य उद्योगहरु सरकारले तोकेको मापदण्ड पुरा गरी तत्काल सञ्चालनको व्यवस्था मिलाउने , चिया बगानको सम्बन्धमा यसअघि जिल्ला प्रशासनमा बसेको बैठकको निर्णय बमोजिम गर्ने,विभिन्न जिल्लाबाट झापामा आई बसोबास गरेका विद्यार्थीहरुलाई गृह जिल्लाको सदरमुकामसम्म पठाउने व्यवस्था मिलाउनेलगायतका निर्णयहरु गरिएको समितिका संयोजक पोर्तेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्