शनिश्चरे , चैत २८ । लकडाउनका बेला झापाको अर्जुनधारामा खुकुरी प्रहारबाट दुई महिलासहित तीन जना घाइते भएका छन् ।
आज बिहान १० बजेतिर अर्जुनधारा— ५ बस्ने ३२ वर्षिया सुभद्रा गेलाललाई छिमेकी ३५ वर्षिय पुन्यप्रसाद खनालले जग्गाको बिषयमा वादविवाद हुँदा खुकुरी प्रहार गरी घाईते बनाएका हुन् । झगडामा ३० वर्षिय केशब गेलाल र ७२ वर्षिया जानुकादेवी गेलाल पनि सामान्य घाइते भएका छन् ।
प्रहरी चौकी शनिश्चरेले खुकुरी प्रहार गर्ने खनाललाई तत्कालै नियन्त्रणमा लिई घाईतेहरुलाई उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।