काँकरभिट्टा, चैत २८ । कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथाम तथा व्यवस्थापन राहत र उद्घार सञ्चालन तथा कार्यान्वयन समिति सचिवालय मेचीनगरको शुक्रबार सम्पन्न बैठकले स्वीकृति नलिई राहत वितरण गर्ने कुनै पनि संघसंस्था र व्यक्तिलाई तत्काल कानुनी कारवाही गर्ने निर्णय गरेको छ ।

बैठकले सवै वडा समितिको कार्यालयलाई तोकिएको मापदण्ड बमोजिम मात्र राहत वितरण गर्न र मापदण्ड विपरित कहिकतै राहत वितरण भए तत्काल सच्याउन र वितरण हुन बाँकी रहेको स्थानमा मापदण्ड बमोजिम मात्र खाद्यान्न वितरण गर्न गराउन समेत निर्देशन दिएको छ ।

विभित्र संघसंस्था, समुह र व्यक्तिबाट समेत राहत वितरण भएको विषयमा बैठकमा समिक्षा गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्