भद्रपुर , चैत २९ । कोरोना भाइरसको जोखिम रोकथाम गर्न झापा जिल्लाभरिका होम क्वारेन्टाइनमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

जिल्लाभरि १ हजार ४१ जना स्वास्थ्यकर्मीहरूले होम क्वारेन्टाइनमा दैनिक अनुगमन र निरीक्षण गर्दै आएका हुन् । कोरोना भाईरस जिल्ला समन्वय तथा अनुगमन समितिले सार्वजनिक गरेको कोरोना डिस्प्लेमा जिल्लामा परिचालन गरिएका स्वास्थ्यकर्मीहरुको विवरण उल्लेख छ ।

त्यस्तै आइसोलेसन र क्वारेन्टाइनमा डाक्टर ३०, नर्स १३३, ल्याब टेक्निसियन २२, अन्य सहयोगी १२१, सुरक्षा दल ८७ र स्वयम्सेवक ६३ जना खटाइएका छन् । जिल्लाभरि आइसोलेसन वार्ड २५ वटा रहेको छ । त्यसमा भर्ना भएका ७ जनाको रिपोर्ट नेगेटिभ आएर डिस्चार्ज भईसकेका छन् ।त्यस्तै जिल्लामा रहेका ७३६ क्षमताको २७ वटा क्वारेन्टाइन पोष्टमा १७७ जना बसेका थिए । जसमध्ये १५३ जना घर फर्किसकेका छन् ।त्यस्तै विभिन्न देशबाट ९९९ जना झापा आएको विवरणमा उल्लेख छ । हालसम्म जिल्लाभरि ३६ हजार ८०३ घरधुरीलाई राहत वितरण गरिएको कोरोना भाईरस जिल्ला समन्वय तथा अनुगमन समितिका संयोजक सोम पोर्तेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्