बिर्तामोड / ( प्रस) ।।झापाको एक सहकारीले प्रयोगका लागि लक्षित वर्ग तोकेरै बिर्तामोड नगरपालिकालाई सुरक्षा सामग्री उपलब्ध गराएको छ । व्यक्ति तथा संघसंस्थाले उपलब्ध गराएको सहयोगको सही सदुपयोग आशंका चुलिदै गएको बेला सो सहकारीले लक्षित वर्ग तोकेर सहयोग सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।                      पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाको बिर्तामोड सेवाकेन्द्रले कोरोना संक्रमणकाे उच्च जोखिमको समयमा पनि अहोरात्र खटिएका प्रहरी, स्वास्थ्यकर्मी र रास्ट्रसेवक कर्मचारीले प्रयोग गर्ने गरी तोकेरै ती सामग्री उपलब्ध गराइएको हो । सेवाकेन्द्र प्रमुख मेनुका कार्कीका अनुसार ८ थान व्यक्तिगत सुरक्षा कवज( पिपिइ ) एक थान ग्लोब ज्याकेट र एक प्याकेट मास्क उपलब्ध गराइएको हो ।            बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड नगर सहकारी शाखा प्रमुख डिल्ली दाहाललाई ती सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख कार्कीले बताइन् ।                                              कमल गाउँपालिकामा मुख्य कार्यालय रहेको सो सहकारीले सेवाकेन्द्र भएका सबै पालिकामा सहयोग उपलब्ध गराउने योजना रहे अनुसार काम भइरहेको संस्थाका सल्लाहकार गणेश ढकालले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्