भद्रपुर, चैत २९ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणको जोखिम न्यूनीकरण एवं नियन्त्रणको लागि जारी लकडाउन उल्लंघन गर्नेहरु दिनहुँ कार्वाहीमा पर्ने गरेका छन् ।

त्यसक्रममा शुक्रबार ३०८ जना कार्वाहीमा परेका छन् । जिल्लाको बिर्तामोड, काँकडभिट्टा, दमक, धुलाबारी, झिलझिले, शनिश्चरे, चन्द्रगढीलगायतका स्थानहरुमा लकडाउन उल्लंघन गर्नेहरुलाई गोलो घेराभित्र होल्ड गरी उभ्याई लकडाउनको अर्थ र नागरिकको दायित्वका सम्बन्धमा सचेत गराई छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा अनावश्यक रुपमा हिडडुल नगरी लकडाउनको कार्यान्वयनमा सहयोग गर्न जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्