राजेन्द्र गौतम (झापा)।
कोरोना संक्रमणबाट सुरक्षित रहने उद्देश्यका साथ झापामा निर्माण गरिएका क्वारेन्टाइनमा अहिले १७६जना मानिस बसिरहेका छन् । जिल्लामा निर्माण गरिएका २९ मध्ये १९ वटा क्वारेन्टाइनमा उनीहरु बसिरहेको कोरोना रोगथाम, नियन्त्रण तथा मुल्यांकन समितिका सदस्य लोकराज ढकालले बताए । उनका अनुसार क्वारेन्टाइनमा बस्नेमा १९४ जना पुरुष र सात जना महिला छन् । विभिन्न क्वारेन्टाइनमा रहेका ६ जना घर फर्किएको बताइएको छ ।
जिल्ला समन्वय समिति झापाका अनुसार ३० जना डाक्टर , १३३ जना नर्स, २२जना ल्याब टेक्निसियन, ६३ जना स्वयंसेवक, ८७ जनाको सुरक्षा दल र १२१ जना अन्य सहयोगी सहितको जनशक्ति परिचालित छ । जिल्ला समन्य समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले क्वारेन्टाइनमा रहेका सबैलाई तोकिएको मापदण्ड अनुसारको सेवा उपलब्ध गराइएको जानकारी दिए । उनले नेपाली सेनाको रेखदेखमा रहेको कवलगुडी क्वारेन्टाइनमा सबै सेवा सुविधा राम्रो भएको बताए । ९३ जना अट्ने क्षमताको कलवलगुडी क्वारेन्टाइनमा २१ जना पुरुष, किच्चकवध क्वारेन्टाइनमा १८ जना र मेचीनगरको ५० जना क्षमताको आदर्श मावी क्वारेन्टाइनमा २६ जना पुरुष रहेको जनाइएको छ । पालिका स्तरीय क्वारेन्टाइनको व्यवस्थापन सम्बन्धित पालिकाले नै गरिरहेको बताए ।
त्यसैगरी मेचीनगरकै मेची जनसाधारण माविको क्वारेन्टाइनमा ३९ जना, मेचीनगरकै ४० जना क्षमताको धाइजन स्वास्थ्य चौकी क्वारेन्टाइनमा ४ जना पुरुष र एक महिला रहेका छन् भने मचीनगरकै पशुपति मावि क्वारेन्टाइनमा १० पुरुष र एक महिला छन् । सो क्वारेन्टाइनको क्षमता २० जनाको रहेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।
मेची आँखा अस्पताल बिर्तामोडमा निर्माण गरिएको ५० जना क्षमताको क्वारेन्टाइनमा पाँच पुरुष र तीन महिलासहित आठ जना रहेको बिर्तामोड नगरपालिकाका नासु मेघराज बाँस्तोलाले जानकारी दिए । उनले बिर्तामोडको कन्चनजङ्घा ईन्स्टिच्युको ४० जना क्षमताको क्वारेन्टाइनमा हालसम्म कोही पनि नरहेको बताए । त्यस्तै दमक नगरपालिकाको दाहाल प्रतिष्ठानको २८ जना क्षमताको क्वारेन्टाइनमा दुई पुरुष र दुई महिलासहित चार जना रहेको रेडक्रसकर्मी डोयना दाहालले बताइन् । उनका अनुसार दमकको २८ जना क्षमताको मानसरोवर क्वारेन्टाइनमा एकजना पुरुष छन् । शिवसताक्षी नगरपालिकाको झरना प्रावि क्वारेन्टाइन केन्द्रमा ८ जना पुरुष रहेको जनाइएको छ । सो क्वारेन्टाइनको क्षमता १९ जनाको छ । त्यसैगरी ११ जना क्षमताको अर्जुनधारा स्वस्थ्य चौकी क्वारेन्टाइनमा पाँच जना पुरुष रहेको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए ।
कनकाई नगरपालिकाको २० जना क्षमताको दलित सामुदायिक भवन क्वारेन्टाइन केन्द्रमा १३ जना र १७ जना क्षमताको कन्काई मावि क्वारेन्टाइनमा १५ जना रहेको कन्काई –३ का वडाध्यक्ष रुद्र चिमरियाले जानकारी दिए । झापा गाउँपालिकाको डिल्लीराज मावि क्वारेन्टाइनमा ११ जना सोही गाउँपालिकाको जनता मावि शरणामति क्वारेन्टाइन ६ जना पुरुष रहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । डिल्लीराज माविको क्वारेन्टाइनमा क्षमता अनुसार मानिस बसेका छन् भने जनता मावि क्वारेन्टाइन केन्द्रको क्षमता १७ जनाको भएको साहले जानकारी दिए । कमल गाउँपालिकाको १३ जना क्षमताको क्वारेन्टाइनमा एक जना,१० जना क्षमताको स्तर हस्पिटल बाह्रदशी क्वारेन्टाइन केन्द्रमा चार जना,हल्दीबारी स्वास्थ्यचौकी केन्द्रमा तीन जना र गौरीगञ्ज स्वास्थ्यचौकी केन्द्रमा एक जना छन् । यी दुबै क्वारेन्टाइनको क्षमता १०÷१० जनाको हो ।
यसबाहेक पाँच जना क्षमताको सरस्वती मावि मेचीनगर, १० जना क्षमताको गौरादह सामुदायिक भवन, सोही क्षमताको पथरिया मावि कचनकवल,१०र१० क्षमताका पशुपति मावि र गौरीशंकर मावि बाह्रदशी, १५÷१५ क्षमताका तिरिङ जनकल्याण विद्यालय, विपद् व्यवस्थापन गुल्म भद्रपुर, ६ जना क्षमताको इलाका प्रहरी कार्यालय बिर्तामोड र ४ जना क्षमताको बडाखाला नवज्योति विद्यालय मेचीनगरमा गरी ५०६ जना क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । झापामा मेची अञ्चल अस्पतालमा २५ वेडको आइसुलेसन सञ्चालनमा छ । जहाँ तीन जना बसिरहेका छन् । नेपाली सेनाको चारआली व्यारेकमा पनि क्वारेन्टाइन तयारी अवस्थामा छ ।