दमक, चैत२९ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले गरेको लकडाउनका कारण रक्तदान नहुँदा स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएपछि पछिल्लो समय झापामा धमाधम रक्तदान हुँदै आएका छन् ।
जिल्ला रेडक्रसका अनुसार झापाको मुख्य शहरी क्षेत्रमा विभिन्न संघसंस्थाहरुले स्वतफूर्त रक्तदान गर्न थालेका छन् ।
यसैक्रममा आज दमकको रक्तसञ्चार केन्द्रमा पुगेर दमक— ६ स्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले रक्तदानको आयोजना गर्यो । संस्थाको ८ औ वर्ष पूरा भई नवौ वर्ष प्रवेशको अवसर पारेर दुरी कायम गरी सुरक्षित रुपले रक्तदान गरिएको अध्यक्ष गुरुभक्त ढुंगानाले बताए । रक्तदानमा संस्थाका सञ्चालक, विभिन्न उपसमितिका पदाधिकारीहरु गरी १२ जनाले रगत दान गरेका थिए । संस्थाले आफ्नो स्थापनायता बार्षिकोत्सवमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको व्यवस्थापक लोचन ढुंगानाले बताएका छन् ।
य
सैगरी दमककै पहिलो पाइला र चेरी क्लवले छुटाछुट्टै कार्यक्रम गरी रक्तदान कार्यक्रम गरेका छन् । चेरी क्लवका सदस्य भवानी काफ्लेले रगतको अभाव हुन नदिन संस्थाका सदस्यहरुले सल्लाह गरी पूर्वसर्तकताका साथ रक्तदान गरिएको जानकारी दिए । धेरै भीडभाड हुँदा कोरोना संक्रमणको जोखिम हुने भएकाले एक÷ एक जना पुगेर रगत दान गरिएको उनले बताए । यसैगरी लायन्स क्लव अफ दमक स्वीट सिटीले पनि रक्तदान गरेको रक्त सञ्चारका प्राविधिक सिद्धार्थ दाहालले बताएका छन् ।