बिर्तामोड, चैत्र २९ । बिर्तामोड नगरपालिका— ६ र अर्जुनधारा नगरपालिका— ११ का अति बिपन्न २६ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
सामाजिक अभियन्ता गणेश ढुङ्गानाद्वारा विभिन्न दाताहरुबाट संकलित २६० केजी चामल, ४० केजी आलु, १३ केजी दाल, २६ पोका खानेतेल, २६ पोका नुन २६ घरपरिवारलाई वितरण गरिएको हो ।
तेस्रो हप्ताको लकडाउनले अति बिपन्न परिवारको चुल्हो बल्न रोकिएको कारण बुट्टाबारी अटोलेन्डका ग्यारेज संचालकहरु खगेन्द्र कुँवर,किसनदेव चौधरी,सुमन साहु,शिवप्रसाद बास्तोला, सुवास राजवंशी,सतलाल चौधरी,समीर आलम लगायतले संयुक्तरुपमा ती खाद्यान्न उपलब्ध गराएका थिए । अभियानका संयोजक जगतबहादुर मगर, जनप्रतिनिधि पर्शुराम खनाल, टोल समितिका अध्यक्ष कुमार राई, पत्रकार रन्जित परियारलगायतले दाताहरुलाई धन्यवाद दिएका छन् ।