हेटौंडा, चैत्र ३० । वीरगञ्जमा कोरोनाको संक्रमण देखिएका तीन व्यक्ति सबै बारात पर्व मनाउन टोल टोलमा घुमेको पाइएको छ । तीन जनालाई संक्रमण देखिएपछि आश्रमका २६जनालाई पनि क्वारेन्टाइनमा राखिएको स्रोतले जानकारी दिएको छ ।

यसैगरी उनीहरु उपचाररत अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।संक्रमितहरुसंग गएका अरु २६ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १२ पुगेको छ । लगातार ६ दिनसम्म संक्रमण नदेखिएकोमा सातौ दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । संक्रमितहरु धर्मगुरु रहेको बुझिएको छ । तीनै जना भारतीय नागरिक रहेको बताइएको छ ।

बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । तर उनीहरु कहिले आएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्